Monday 10th November 2025

पक्राउ परे उच्च अमेरिकीको घरमा बमसहितको पार्सल पठाउने सायोक पक्राउ

7 years अगाडी

न्यूयोर्क, १० कात्तिक । केहीसमयदेखि उच्च अमेरिकी व्यक्तिहरुको घरमा बमसहितको पार्सल पठाएको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वदेशमन्त्री हिलारी क्लिन्टन सहितका उच्च अमेरिकी घरमा हुलाकमार्फत् बमसहितको पार्सल पठाएको घटनामा संलग्न भएको आरोपमा ५६ वर्षका सेजर सायोक नाम गरेका व्यक्ति पक्राउ गरिएको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका छन् ।

सायोक विरुद्ध पूर्व राष्ट्रपति सहितलाई धम्की दिएको लगाएतका पाँचवटा आरोप लगाइएको छ । पछिल्लो समयमा शंकास्पद वस्तुसहितका १४ वटा पार्सल भेटिएको अधिकारीहरुले बताएका छन् ।

          October 27, 2018 11:48 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...