Monday 10th November 2025

इन्डोनेसियामा १८८ यात्री सवार विमान दुर्घटनाग्रस्त

7 years अगाडी

जकार्ता, १२ कात्तिक । इन्डोनेसियाको लायन एयरलायन्सको फ्लाइट बोइङ ७३७ जकार्ताबाट उडान भरेलगत्तै दुर्घटनाग्रस्त भएको छ । विमान जेटी ६१० इन्डोनेसियाको राजधानी जकार्ताबाट पंगकल जानेक्रममा थियो ।उडान भरेको केही मिनेटपछि नै विमान सम्पर्कविहित भएको थियो । समुद्र पार गरिरहेको विमानमा १७८ जना यात्रु सवार थिए । पत्रकार सम्मेलनमा भने अधिकारीले विमानमा १८८ यात्री, एक नवजात शिशु र दुई बच्चा रहेको जानकारी दिइएको छ । साथै, विमानमा योसँगै दुई पाइलट र चालक दलका पाँच सदस्य रहेका थिए ।

राष्ट्रिय खोजी तथा राहत उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफका अनुसार विमान दुर्घटना भएको पुष्टि भएको छ । त्यहाँका एक अधिकारीले विमान दुर्घटना भएको तस्बिर पोस्ट गरेका छन् । विमानमा केही समस्या रहेको दावी गरिएको छ ।

          October 29, 2018 2:43 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...