Monday 10th November 2025

१३ जना मान्छे खाने बाघ मारियो

7 years अगाडी

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्रमा एक नरभक्षी बघिनी (मादा टाइगर) मारिएको छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही समय अघि यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको थियो ।

भारतीय इतिहासकै ठूलो मध्येको एक खोजी अभियानपछि बघिनीलाई गोली हानी मारिएको हो । दुई वर्ष अघिदेखि बघिनीको खोजी भैरहेको थियो । अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो

शुक्रवार साँझ बोराती गाउँ नजिकको क्षेत्रमा पुगेकी बघिनी एउटै गोलीको प्रहारबाट मारिएको अधिकारीहरूले बताएका छन् ।यो बघिनीलाई मार्नका लागि १०० भन्दा बढी क्यामेराको प्रयोग गरिएको थियो । बघिनीलाई आकर्षित गर्नका लागि रुखमा नक्कली बाख्रा र घोडा पनि राखिएको थियो ।पछिल्लो समय बाघिनीलाई आकर्षित गर्नका लागि सिवेटोन नामक रसायनको प्रयोग गरिएको थियो । यो रसायन चितुवालाई आकर्षित गर्नका लागि प्रयोग गरिन्छ ।

          November 5, 2018 1:19 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...