अमेरिकी लेखक स्टान लीको निधन
लस एन्जलस, कात्तिक अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उहाँ विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुनुहुन्छ । “मार्भेल कमिक” का पूर्व प्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ
वुल्भेराइनमा खेल्ने कलाकार ह्युज ज्याकमानले भन्नुभयो, “हामीले एकजना विशिष्ट लेखक गुमाएका छौं । स्टान ली सुपरहिरो ब्रह्माण्डका एकजना अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको रचनामा एउटा सानो भूमिका पाएकामा म कृतज्ञ छु ।” आइरन म्यानमा अभिनय गरेका कलाकार रोबर्ट डाउनी जुनियरले “म तपाईंप्रति कृतज्ञ छु, तपाईंको शान्तिबास होस्” भन्नुभएको छ ।
क्याप्टेन अमेरिकामा अभिनय गरेका क्रिस इभान्सले अब अर्को स्टान लीको जन्म सायद हुँदैन भन्नुभएको छ । उहाँले भन्नुभयो, “दशकौंसम्म स्टानले युवा र वयस्क उमेरका सबैलाई समान किसिमबाट साहस, पलायन, आत्मविश्वास, उत्प्रेरणा, सामथ्र्य, मित्रता र आनन्दित तुल्याउनुभयो ।” मार्भेल स्टुडियोका प्रमुख केभिन फाइजले स्टानको निधनले विश्वमै एउटा रिक्तता सिर्जना गरेको बताउनुभएको छ ।
November 14, 2018 12:12 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा