Sunday 9th November 2025

आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

7 years अगाडी

नयाँदिल्ली, २ मङ्सिर । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ ।प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् ।‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो ।

आँधीले हजारौँ रुखहरु भाँचिएका छन् भने ठूलो संख्यामा घरहरु भत्किएका छन् । घरबारविहिन भएका हजारौ स्थानीय बासिन्दालाई शिविरहरुमा राखिएको छ ।मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

‘घरबारविहीन भएकाहरुको संख्या एक लाख ७७ हजार ५०० पुगेको छ । उनीहरुलाई ३५१ वटा शिविरमा राखिएको छ,’ एक अधिकारीले पत्रकारहरुसँग भने प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरुले च्यापेर र विद्युतीय गढबढीका कारण भएको छ ।

          November 18, 2018 3:06 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...