भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता
7 years अगाडी
Susma Dhakal
मुम्बई, मङ्सिर : भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाउनुभएको समाचारमा जनाइएको छ ।
“हिजो (मङ्गलबार) भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आउनुभयो र आलोक नाथविरुद्ध उजुरी दिनुभयो,” एक प्रहरी अधिकारीले भने । उहाँकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ ।
November 22, 2018 11:13 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...