Sunday 9th November 2025

पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे विरोधमा फ्रान्समा हिंस्रक प्रदर्शन

7 years अगाडी

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे विरोधमा भएको प्रदर्शन चर्किएको छ । पेट्रोलको भाउ घटाउन माग गर्दै भएको विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले बल प्रयोग गरेको छ । पेट्रोल र डिजेलको मूल्य बढाएपछि फ्रान्सेली नागरिकले राजधानी पेरिसमा एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन् शनिबार राति प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो ।

प्रहरी र प्रदर्शनकारीको झडपमा केही व्यक्ति घाइते भएका बिबिसीले जनाएको छ । पहेँलो ज्याकेट लगाएर राष्ट्रपति इमानुयल म्याक्रोनको राजीनामा माग गर्दै प्रदर्शन चर्काएका उनीहरुले केही गाडीमा आगजनी गरेका छन् । फ्रान्समा पेट्रोलियमको मूल्य २३ प्रतिशतले बढेको छ । राष्ट्रपति म्याक्रोनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढेको बताउँदै आएका छन् ।

          November 25, 2018 11:51 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...