सिरियामा विद्रोही र सरकारी सेनाबीच झडप, २०० जनाको मृत्यु
बेरुत, ११ मंसिर । सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २०० जनाको मृत्यु भएको सिरियाली मानब अधिकारवादी समूहहरूले जनाएका छन् ।झडपहरूमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् ।इस्लामिक स्टेट (आइएस) लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले सोमबार जानकारी दिएका छन् ।
भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ ।यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सवैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरु मारिएको घटना हो ।
“आइएस लडाकूहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५ पछिकै यो सवैभन्दा ठूलो घटना हो,” सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले भन्नुभयो ।उहाँले दिएको जानकारी अनुसार उक्त घटनाहरूमा परी ६१ जना जिहादि विद्रोही पनि मारिएका छन् ।
November 27, 2018 10:40 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा