यमन ठूलो दुर्घटनाको खतरामा : राष्ट्रसङ्घ
एडेन, मङ्सिर : विश्व शान्तिका लागि कार्यरत राष्ट्रसङ्घले यमनमा स्थायी शान्तिका लागि द्वन्द्वरत पक्षसँग आह्वान गरिरहेका समय राष्ट्रसङ्घ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार यमनमा ठूलो दुर्घटनाको खतरामा रहेको बताउनुभएको छ ।
सरकार पक्षधर समूहहरू तथा हुथी विद्रोहीबीच वन्दर्गाह शहर होडैडामा पछिल्ला दिनमा चर्किएको द्वन्द्वका कारण उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई मानवीय सहयोगको खाँचो परिरहेका समय उहाँको भनाइ आएको हो । यमन महत्वपूर्ण दुर्घटनाको खतरामा रहेको छ, लोककले प्रभावित क्षेत्रको भ्रमण गरी फर्किनुभन्दा पहिले सञ्चारकर्मीसँग गरेको कुराकानीमा भन्नुभयो ।
उहाँले आफुले सन् २०१७को अक्टोबरमा यमनको भ्रमणमा गरेको र उक्त समयभन्दा अहिले यमनको स्थिति ज्यादै फरक रहेको बताउनुभयो संयुक्त राष्ट्रसङ्घले यसअघि पनि यमनमा मानवीय सङ्कट विश्वकै सबैभन्दा खराब अवस्थामा रहेको बताउँदै आएको छ ।
एडेनमा मैले भोकमरीको चपेटामा परेका बालबालिकामा रोग तथा खाद्यान्न अभाबका कारण निकै दुब्ला बालबालिकालाई देखेँ ।
हजारौँको सङ्ख्यामा रहेका उनीहरूले आफ्ना आँखा खोल्नसमेत नसक्ने अवस्थामा सार्वजनिक स्थलमा लडिरहेका ह्रदयविदारक घटनाहरू देखेँ । यहाँ तत्काल स्थायी शान्तिको स्थापना नगरिने हो भने यो अवस्था थप विकराल बन्ने देखिन्छ, उहाँले भन्नुभयो । यमनमा हुथी विद्रोही र सरकारबीचको द्वन्द्वका कारण १० हजारभन्दा बढी नागरिकहरूले ज्यान गुमाएका विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तर विभिन्न मानव अधिकारवादी समूहले अहिलेसम्म यमनमा कम्तिमा ६० हजार नागरिकको ज्यान गुमेको बताउने गरेका छन् । यमनमा लाखौँ मानिस अन्तरिक तथा वाह्यरूपमा द्वन्द्वका कारण विस्थापित बनेका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा