Sunday 9th November 2025

अन्तत : सोनाली बेन्द्रे भारत फर्किंदै, कहाँसम्म पुग्यो क्यान्सरको उपचार ?

7 years अगाडी

अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रे भारत फर्किंदैछन् । सोनाली जुलाइ २०१८ देखि अमेरिकाको न्यूयोर्कमा छिन् । त्यहाँ बसेर उनले हाइ ग्रेड मेटास्टेटिक क्यान्सरको उपचार गराइरहेकी छिन् । अहिले सोनाली क्यान्सर पूरै ठिक भएर भारत आउन लागेकी भने होइनन् । उनी उपचारको बीचमा केही समय लिएर भारत आउन लागेकी हुन् ।उनले आफू भारत आउन लागेको कुरा इन्स्टाग्राममा एक पोस्ट गर्दै पुष्टि गरेकी छिन् । उनले पोस्टमा आफू भारत आउन लाग्दा निकै खुसी भएको प्रतिक्रिया दिएकी छिन् ।

उनले आफूले उपचारको क्रममा केही समयको लागि विश्राम पाएको र आफू यो पलको प्रतिक्षा गरिरहेको बताएकी छिन् । सोनालीले पोस्टमा ‘इन्टरभल’ शब्दको प्रयोग गरेकी छिन् जसले उनको उपचार पूरा नभएको तर केही समय पाएकोले त्यो समय उपयोग गर्न घर आउन लागेको संकेत गरेको छ ।

          December 3, 2018 9:52 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...