विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते
क्वालालम्पूर, मलेसिया, मङ्सिर : मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा शक्तिशाली विस्फोट भएको छ ।
मङ्गलबार भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइतेभएका मलेसियाली अधिकारीले जनाएका छन् । मलेसियाको राज्य सञ्चालित बेर्नामा न्यूज एजेन्सीले विस्फोट ग्यास ट्याङ्कीमा चुहावट भएका कारण भएको जनाएको छ । सारावाक राज्यको राजधानी कुचिङको अग्नी नियन्त्रण विभागका प्रमुख वान अब्दुल मुबिनले एएफपीलाई दिएको जानकारी अनुसार घटना ग्रीनवीच समय अनुसार विहान ७ :३७ मा भएको थियो ।
उहाँले थप्नुभयो, “विभागले घटनाबारे जानकारी प्राप्त गरे लगत्तै ३९ जनाको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको छ । विगत केही बर्ष यता उक्त शहरमा यस किसिमको विस्फोट भएको थिएन र मङ्गलबारको घटनाबारे अनुसन्धान भइरहेको छ । विष्फोट कुनै वमको प्रयोग नभएको प्रारम्भीक अनुसन्धानबाट थाहा हुन आएको छ ।”
वान अब्दुलले भन्नुभयो, “घटना तीन जनाको मृत्यु भएको छ २४ जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।” विष्फोट पुननिर्माण भइरहेको भवनको भुईंतलामा रहेको भण्डारमा भएको वान अब्दुलले जानकारी गराउनुभयो । घटनापछि उक्तस्थानमा खिचिएको सञ्चारमाध्यमबाट प्रशारित भिडियोमा भवनको भण्डार रहेको कोठा पूर्णरूपमा क्षति भएको र केही व्यक्ति सहयोगका लागि चिच्याइरहेको देखिएको छ । यसबारे थप विवरण अनुसन्धानपछि आउने अधिकारीहरूले जनाएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा