श्रीलङ्कामा बाढी, दुईको मृत्यु, ८६ हजार प्रभावित
कोलम्बो, पुस : श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् । अत्यधिक बर्षापछि आएको बाढी र पहिरोमा परी ठूलो मात्रामा भौतीक संरचनामा समेत क्षती पुगेको श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।
प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरूको भनाई छ । सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।
बाढीले सवैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले घरमा क्षती भएकाहरूलाई घर बनाउनका लागि राहत स्वरूप १४ सय अमेरिकी डलर उपलब्ध गराउन निर्देशन दिनु भएको छ । त्यसैगरी अन्य प्रभावितहरू र मृतकका परिवारलाई पनि राहतको व्यवस्था गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
December 27, 2018 11:01 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा