बंगलादेशको आमनिर्वाचनः हिंसामा १२ जनाको मृत्यु
ढाका, पुस : बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेख हसिना ऐतिहासिक चौथो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीको कारबाहीमा तीन जनाको मृत्यु भएको छ भने सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीचको झडपमा अरु आठ जनाको मृत्यु भएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार एकजना प्रहरी जवानको विपक्षी दलका कार्यकर्ताले गोली चलाउँदा मृत्यु भएको छ । बंगलादेशको आइतबारको चुनावमा बलियो सुरक्षा व्यवस्था गरिएको थियो । स्थानीय समय अनुसार मतदान अपराह्न चार बजेसम्म भएको थियो । चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान गरेका छन् । यस चुनावमा विजयी भए शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्नु हुनेछ ।
बंगलादेशका नेताहरुले प्रधानमन्त्री हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकासमा अभूतपूर्व प्रगति भएको बताएका छन् । साथै, प्रधानमन्त्री हसिनाले छिमेकी मुलुक म्यान्मारबाट भागेका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायलाई आश्रय दिएकामा पनि धेरैले उहाँको कदमको सराहना गरेका छन् ।
तर, कतिपय आलोचकहरुले प्रधानमन्त्री हसिनाले विपक्षीमाथि निर्मम दमन गरेको बताएका छन् । हसिनाले विपक्षी नेतृ एवं पूर्व प्रधानमन्त्री खालेदा जिया भ्रष्टाचारको आरोपमा १७ वर्ष जेलमा पर्नुभएकोछ ।
चुनाव हुनुअघि हसिनाको अवामी लिग र खालेदा जियाको बीएनपीका समर्थकहरुबीच हिंसात्मक झडपहरु भएका थिए । चुनावमा झण्डै छ लाख सेना र प्रहरी परिचालन गरिएको थियो । देशभर करिब ४० हजार मतदान स्थल राखिएका छन् ।
December 31, 2018 11:40 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा