डुङ्गा दुर्घटनामा दुईको मृत्यु, तीस बेपत्ता
कोनाक्री । गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए ।
सो डुङ्गामा अन्य उद्देश्यले यात्रा गरिरहेका यात्रुहरु भने नरहेको जनाइएको छ । यात्रुमध्ये केहीले मादक पदार्थ सेवन गरेको पनि समाचारमा जनाइएको छ ।
दुर्घटनापछि नौ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने ३० जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
नयाँ वर्षको पूर्व सन्ध्यामा कोनाक्रीनजिकै रहेका द्वीपमा जाने समूहका लागि गैरकानूनी रुपमा डुङ्गाहरु बन्दोबस्त गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ । कतिपय पर्यटक र राजधानीवासी यस प्रकारका अवैध डुङ्गामा यात्रा गर्ने गरेका छन् । रासस
January 3, 2019 2:36 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा