फिलिपिन्समा शक्तिशाली भूकम्प
7 years अगाडी
Susma Dhakal
दाभाओ सिटी, २ माघ दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ ।
स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको छ ।
भू विज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसूस गरिएको थियो । फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्नीच्युड को भूकम्प आएको थियो । यस भूकम्पपछि पनि कूनै मानवीय र सपत्ती क्षतिको भने कुनै समाचार भएको थिएन । फिलिपिन्समा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।
January 16, 2019 3:36 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...