मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुयो
मेक्सिको सिटी, ७ माघ मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेर ८५ पुगेको स्थानीय सरकारी अधिकारीले बताएका छन्
यस घटनामा परी ८५ जनाको मृत्यु हुनुको साथै अन्य ५८ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्री जोर्गे एल्कोसेरले बताउनु भएको छ । घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिको भने मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको मन्त्री जोर्गेले जानकारी दिनु भएको छ ।
स्थानीय समयानुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा तेल पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल निकाल्ने क्रममा भएको विस्फोटमा परी स्थानीयबासीको मृत्यु भएको हो ।
श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहोराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समय आगलागी हुँदा पाइप विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नु बाहेक अरु विकल्प नभएको उहाँले बताउनु भएको छ ।
स्थानीय सरकारी अधिकारीका अनुसार पाइपलाइन विस्फोट भएको अवस्था करिब छ सयदेखि आठ सयसम्म स्थानीय बासिन्दा भेला भएका बताइएको छ ।
January 21, 2019 3:40 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा