मेक्सिकोसँगको सीमा क्षेत्रमा थप अमेरिकी सेना परिचालन
अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ । सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि उनीहरुलाई पठाइएको जनाएको छ । सीमा शुल्क उठान र सिमाना रक्षाका लागि कुटनीतिक अधिकारीहरू पनि बढाइने पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
“उनीहरुलाई अहिले थप ९० दिनका लागि खटाइएको छ, सुरक्षा निकायहरूको सिफारिसका आधारमा फेरि निरन्तरता दिन पनि सकिनेछ, देशको दक्षिणी सिमानाको रक्षाका लागि उनिहरुलाई खटाइएको हो,” वक्तव्यमा लेखिएको छ ।
मेक्सिकोमा सिमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरुले विमति जनाएपछि सम्झौताको प्रयास भइरहेका वेला सिमा क्षेत्रमा थप सेना पठाइएको हो ।
राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने प्रस्ताव पटक पटक गर्दै आएका छन् । उनले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने चुनावी एजेण्डा मुख्य बनाएका थिए ।
उनको यो एजेण्डालाई कार्यान्वयन गर्नका लागि संसदलाई छलेर गर्न सक्ने अवस्था छैन भने संसदले पनि यसलाई स्वीकार्न सकेको छैन । राष्ट्रपति ट्रम्पका लागि यो विषय निकै चुनौती बन्दै गएको छ ।
February 5, 2019 10:34 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा