Saturday 13th September 2025

‘यो सिजन बार्सिलोनाको उदेश्य च्याम्पियन्स लिग जित्नु हो’

7 years अगाडी

एजेन्सी, ३१ साउन । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले यस सिजनको च्याम्पियन्स लिग जित्न हरसम्भव प्रयास गर्ने बताएका छन् । गएको सिजन एस रोमासँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।उनले भनेका छन्, ‘गएको सिजन हामीले दुईवटा उपाधि जित्न सफल भएका थियौ । ला लिगा र कोपा डेल रेको उपाधि जितेको बार्सिलोना यस सिजन क्याम्प नोउमा च्याम्पियन्स लिगको उपाधि ल्याउन चाहन्छ ।’

यस सिजन बार्सिलोनाले केही विशेष खेलाडीहरुलाई अनुबन्ध गरेको र च्याम्पियन्स लिग जित्न पर्याप्त रहेको उनले बताएका छन् ।जाभी र इनियस्टाले बार्सिलोना छोडेपछि उनीमाथि ठुलो जिम्मेवारी रहेको छ । बार्सिलोनाको कप्तान हुन पाउँदा आफु अत्यन्त खुसी भएको र आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने उनले बताएका छन् । उनले यस सिजन च्याम्पियन्स लिग जित्ने सबै खेलाडीको उदेश्य समेत भएको बताएका छन् ।

          August 16, 2018 12:07 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...