Tuesday 11th November 2025

अष्ट्रेलियाका बर्हिगमित प्रधानमन्त्री टर्नबुलले सदन छोड्ने घोषणा

7 years अगाडी

एजेन्सी, १२ भाद्र । दल भित्रको आन्तरिक कारणले प्रधानमन्त्री पदबाट बाहिरिएका अष्ट्रेलियाली पूर्वप्रधानमन्त्री माल्कम टर्नबुलले त्यहाँको सदनलाई शुक्रबार छोड्ने बताएका छन् ।टर्नबुललाई गत हप्ता स्कट मोरिसनले विस्थापन गरेका हुन् । टर्नबुलले हालैको घटनाले अष्ट्रेलियाली जनतालाई निराश बनाउने बताएका छन् ।

टर्नबुलको बर्हिगमनले त्यहाँ बाइ इलेक्शन हुनसक्ने र मोरिसनको सदनमा रहेको बहुमतलाई खतरामा पार्न सक्ने बताइएको छ अष्ट्रेलियाका मिडियाहरुको रिपोर्ट टर्नबुलको कुर्सीका लागि त्यहाँ आगामी अक्टोबरमा बाइ इलेक्शन हुनसक्नेछ । यदि सरकारले सिट प्राप्त गर्न सकेन भने मोरिसनले १५० सिट संख्या रहेको सदनमा बहुमत प्राप्त गर्न स्वतन्त्र प्रतिनिधिहरुमा निर्भर रहनु पर्ने छ । हाल विपक्षी लेबर दलको त्यहाँ ६९ सिट छ ।

          August 28, 2018 12:25 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...