कारबम आक्रमणमा पाँच प्रहरीसहित एघारको मृत्यु
रमादी, इराक, भदौ : पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ । उक्त कारबम हमलामा परी ज्यान जानेमा कम्तीमा पाँच जना प्रहरी परेका बताइएको छ । प्राप्त समाचारअनुसार उक्त आक्रमण एकजना व्यक्तिले आफ्नो कारमा विस्फोटक पदार्थ राखेर गराएको हो ।
बुधबार भएको सो बम हमलाको कारण पत्ता लाग्न सकेको छैन । साथै आत्मघाती हमलाकारीको पनि सोही विस्फोटमा ज्यान गएकोले थप सूचना प्राप्त भएको छैन । उक्त नगर सिरियाको सीमा क्षेत्रबाट नजिक पर्दछ र उक्त सीमा क्षेत्र इराकी राजधानी बग्दादबाट ३४० किलोमीटर टाढा पर्दछ । सो नगर पछिल्लो समयमा आइएस लडाकूबाट इराकी सरकारले फिर्ता गरेको थियो । आइएसका सशस्त्र लडाकूहरुले उक्त नगरलाई पहिला कब्जा गरेर केही महिना आफ्नो नियन्त्रणमा राखेका थिए ।
सोही नगरमा बुधबारै बिहान करिब ९ बजेतिर अर्काे बम विस्फोट भएको पनि समाचारमा जनाइएको छ । उक्त विस्फोटमा परी अरु १६ जना सर्वसाधारण घाइते भएका छन् । घाइते हुनेमा पाँच जना प्रहरी पनि परेका छन् । यो विस्फोट पनि प्रहरीको गस्ती रहेको स्थानमा लगी गराइएको थियो । यसरी आज सो नगरमा गराइएका यी विस्फोट पूर्व नियोजित रुपमा नै भएका बताइएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा