जापानी पर्यटकले भने, लाज छोपिएन
काठमाडौं। बिहीबारदेखि काठमाडौंमा आयोजना हुने दुईदिने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई लक्षित गरेर सडकका खाल्टाखुल्टी पुर्ने र सिँगार्ने चटारो छ । सरकारको यो चटारोकै बेला नेपाल भ्रमणमा आएका जापानी पर्यटक भने सरकारको यो कार्यशैलीप्रति असन्तुष्ट देखिए।सरकारी चटारो देखेका जापानी पर्यटक मंगलबार सरासर पर्यटन बोर्डको कार्यालय पुगे। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई भेटे र भने, ‘हतारमा गरिएको कामबाट लाज छोपिएको छैन।’टोकियोस्थित रिक्यो युर्निभर्सिटीबाट पहिलोपटक नेपाल भ्रमणमा आएका पर्यटन विषयका विद्यार्थी बिम्स्टेक तयारीमा गरिएको हतारोमा असन्तुष्टि जनाए । सँगै त्रिभुवन विमानस्थलको शौचालयको फोहोरदेखि विश्व सम्पदा सूचीमा सूचीकृत पुराताŒिवक सम्पदाको संरक्षणमा भएको लापर्बाहीमा समेत गुनासो पोखे ।
घाम लागेको बेला सडकमा उडेको बाक्लो धुलो र धुवाँले काठमाडौं सहरको वातावरण निकै प्रदूषित बनाएको भन्दै उनीहरूले मानस्थललगायत अन्य पर्यटकीय गन्तव्यस्थलका सार्वजनिक शौचालयसमेत गतिलो नहुनु नेपाल सरकारको कमजोरी भएको उनीहरूको गुनासो छ ।रिक्यो युर्निभर्सिटीका प्राध्यापक डा. ¥यो निसिकावाको नेतृत्वमा भूकम्पपछिको नेपालको ऐतिहासिक, पुराताŒिवक एवं सांस्कृतिक अवस्थाबारे अध्ययन गर्न आएका जापानी विद्यार्थीले पर्यटकीय पूर्वाधारमा देखिएको कमजोरीसमेत औंल्याए ।पर्यटन बोर्ड पुगेर जापानी विद्यार्थीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको शौचालयमा ट्वाइलेट पेपर नभएको, काठमाडौंको पुरानो ऐतिहासिक दरबार वसन्तपुर दरबार संरक्षण क्षेत्र, पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्रलगायत विश्व सम्पदा सूचीमा सूचीकृत भएका स्वयम्भूनाथ र बौद्धनाथलगायतका पर्यटकीय गन्तव्यस्थलमा भएका सार्वजनिक शौचालयको दुरावस्थाबारे बेलिविस्तार लगाए ।
उनीहरूले शौचालय फोहोर, दुर्गन्धित र अन्धकार देखिएकोमा गुनासो मात्र गरेनन् सडकको हिलो र धुलोको व्यवस्थापन नगरेकोमा गुनासोसमेत गरे ।सडकमा जथाभावी छाडिएका गाइबस्तु र भुस्याहा कुकुरले काठमाडौंको सुन्दरतालाई नै प्रभावित बनाएकाले छाडा जनावर नियन्त्रणका लागि बोर्डमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । जापानी पर्यटकले सहरमा जथाभावी छाडिएका जनावरबाट सिधै मान्छेलाई रेबिजलगायत अन्य पशुजन्य रोगको संक्रमण फैलिन सक्ने खतरा रहेकाले छाडा जनावर नियन्त्रणका लागि तत्काल सरकार सचेत हुनुपर्ने सुझाव दिए ।पर्यटन विषय अध्ययनरत जापानी विद्यार्थीको समूहले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर, पाटन, भक्तपुर दरबार संरक्षण क्षेत्रवरिपरि रहेका निजी घरमा पनि सरकारी भवनको नक्कल गरिनु राम्रो नभएको र यसले दीर्घकालमा पुराताŒिवक सम्पदाको अध्ययन भ्रमणमा आउने विदेशी पर्यटकलाई वास्तविक अवस्थाका बारेमा जानकारी लिन समस्या पार्ने भन्दै नक्कल गर्न नदिन सुझाए ।
जापानी टोलीले सोमवार र मंगलबार बसन्तपुर दरबार संरक्षण क्षेत्र, पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्र लगायत विश्व सम्पदा सूचिमा सूचिकृतस्वयम्भुनाथ र बौद्धनाथ क्षेत्रको भ्रमण गरेका थिए ।नेपाल ओर्लने बित्तिकै विमानस्थलको शौचालय देखेर दिक्क भएका उनीहरुले यी क्षेत्रको भ्रमणका क्रममा भद्रगोल अवस्था देखेको भन्दै वोर्डका सिइओलाइ भेटेर गुनासो गरेका हुन ।जापानी पर्यटकले पिउने पानीसमेत जापानबाटै ल्याएको स्मरण गराएपनि सिइओले भने नेपालले उत्पादन गर्ने पानीबारे कुनै जानकारी गराएनन । दुखेसो सुनेका सिइओ जोशीले आगामी दिनमा यस्ता समस्या आउन नदिने प्रतिवद्धता जनाउदै सुझावको ग्रहण गरेको बताए । उनले मन्त्रीदेखि लिएर प्रधानमन्त्रीसम्मलाइ जापानी पर्यटकको सुझाव पुर्याउने प्रतिवद्धता भने जनाए ।राजधानी दैनिक
August 31, 2018 11:33 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा