Tuesday 11th November 2025

विश्व व्यापार संगठनबाट बाहिरिने ट्रम्पको चेतावनी

7 years अगाडी

काठमाडाैं, १५ भदाै ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठनले आफ्नो मुलुकप्रतिको व्यवहार परिवर्तन नगरे संगठनबाटै बाहिरिने चेतावनी दिएका छन् । संगठनको पछिल्लो व्यवहार अमेरिकालाई अस्वीकार्य रहेको ट्रम्पको भनाई थियो ।एक टेलिभिजन अन्तवार्तामा ट्रम्पले संगठनको उचित भुमिकाको कमिका कारण आफ्नो मुलुकको अर्थव्यवस्थामा असर परेकाले सुधारको आवश्यकता रहेको बताएका हुन् ।

संगठनले विश्व व्यापारका लागि नियम बनाउनुका साथै मतभेद सुल्झाउन मद्दत गर्ने गरेको छ । ट्रम्प प्रशासनले लगाएका नयाँ कर प्रणाली तथा खुला व्यापार प्रतिको नितिमा ब्यापार संगठनले असहयोग गरेको अमेरिकी आरोप छ । चीन सँगको जारी व्यापार युद्ध, युरोपेली मुलुक, क्यानडा र मेक्सिकोबाट आयात हुने सामाग्रीको नयाँ कर प्रणालीका कारण विश्व समुदाय सँग अमेरिकी व्यापार सम्बन्ध तनावको अवस्थामा छ ।

          August 31, 2018 11:54 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...