Tuesday 11th November 2025

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १८ को मृत्यु

7 years अगाडी

आडिस आबाबा,  भदौ : सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ ।

हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए ।
घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ ।  यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो ।

          August 31, 2018 12:11 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...