पाकिस्तानमा विस्फोट तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते
इस्लामाबाद, भदौ : पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन् । बलुचिस्तान प्रान्तको पिशीन जिल्लामा शुक्रबार भएको विस्फोटनमा परी अरू दुई जना घाइते भएको समाचारमा जनाइएको छ ।
एउटा सरकारी कार्यालय नजिकै सवारी साधानमा बम विस्फोटन गराइएको अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमणकारीहरूले रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घाइते सुरक्षाकर्मीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । प्रहरीले अहिले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको र दोषीको खोजी गरिरहेको जनाएको छ । घटनाप्रति प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै घटनाको विस्तृत विवरण आफूलाई दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ । निर्वाचन मार्फत नयाँ सरकार बने पनि पाकिस्तानमा विस्फोटनलगायतका हिंसात्मक घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
September 15, 2018 1:55 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा