मलेशियाली पूर्व प्रधानमन्त्री राजाकमाथि नयाँ दुई दर्जन मुद्दा दर्ता
एजेन्सी, ४ असोज । मलेशियाका पूर्व प्रधानमन्त्री नाजिब राजाकमाथि कूख्यात राष्ट्रिय कोष दुरुपयोग मुद्दामा अर्को नयाँ करिब दुई दर्जन शक्ति दुरुपयोग तथा कालो धनको आरोपहरु लागेको प्रहरी तथा एन्टी ग्राफ्ट संस्थाले बिहीबार बताएको छ ।पूर्व प्रधानमन्त्री राजाकलाई एन्टी ग्राफ्ट एजेन्सीले बुधबार ६८ करोड १० लाख डलर आफ्नो निजि खातामा सारेको आरोपमा थुनामा राखेको छ उनलाई बिहीबार अपरान्ह अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको छ ।
प्रहरी हिरासतमा रहँदै आएका राजाकले भने मामिलालाई राजनीतिक प्रयोजनबाट प्रेरित भएको आरोप लगाएका छन् ।राष्ट्रिय प्रहरी बलका उपप्रमुख नूर रसिदले सरकारी कोष लिएको, प्रयोग, स्थानतरण गरेको आरोपमा उनीमाथि २१ वटा मुद्दा दायर गर्ने तयारीमा रहेको वक्तव्यमार्फत बताएका छन् ।एन्टी ग्राफ्ट एजेन्सीका अनुसार राजाकले मलेशियाको भ्रष्टाचारविरोधी आयोग ऐनको सेक्शन २३ अन्तर्गत उनले धेरै वटा मुद्दाहरुको सामना गर्ने छन् ।
September 20, 2018 1:26 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा