तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२६ पुग्यो
नैरोबी, केन्या, असोज : तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १२६ पुगेको तान्जानियाका यातायातमन्त्रीले बताएका छन् । “मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको खबर सुनाउँदा हामीलाई दुःख लागेको छ,” यातायातमन्त्री आइज्याक कामवेलेले राज्य सञ्चालित टेलिभिजनलाई बताउनुभयो । घटनाबारे थप अपडेट स्थानीय समय अनुसार शुक्रबार साँझ गरिने छ, उहाँले भन्नुभयो ।
अझै केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले अनवरत काम गरिरहेका छन् । एमभि नाइरेरे नामक डुङ्गाले कम्तीमा २०० यात्रुलाई लिएर यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । यो डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या हो, उहाँले थप्नुभयो ।
घटनामा परेका ५७ जनालाई पानीबाट जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । अण्डाकार संरचनामा करीब ७० हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया तालमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्ने गर्छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा