Monday 10th November 2025

बेल्जियमकी बडामहारानी पाउलालाई हृदयघात

7 years अगाडी

ब्रसेल्स, १० असोज : बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्थिति बारे जानकारी दिने तयारी गरेको बताइएको छ ।

बडामहारानी पाउलालाई यसअघि पनि विभिन्न स्वास्थ्य समस्या देखिएका थिए । सेप्टेम्बर २०१५ मा पनि उहाँलाई मुटुमा समस्या देखिएपछि पूर्ण विश्राममा राखिएको थियो ।  इटाली मूलकी पाउला राजा अल्बर्ट द्वितीयको २० वर्षे शासनकालमा बेल्जियमकी महारानी हुनुहुन्थ्यो । राजा अल्बर्ट सन् १९९३ देखि २०१३ सम्म बेल्जियमका राजा थिए ।

          September 26, 2018 4:25 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...