मालीमा आक्रमण, कम्तीमा १२ को मृत्यु
बामाको, असोज : पूर्वी मालीमा मङ्गलबार भएको आक्रमणमा परी तुआरेज समूदायका १२ सर्वसाधारण मारिएका छन् । यस क्षेत्रमा स्थानीय आदीवासी र जिहादी आतङ्ककारीबीच लामो समयदेखि द्वन्द्व जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यसवर्ष शुरुदेखि हालसम्म फुलानी र तुआरेङ आदीवासी समुदायका करीब २ सय व्यक्ति मारिएको उनीहरुको भनाई छ । सरकारी अधिकारीहरुका अनुसार यस प्रकारको आक्रमणहरुमा कुन समूहको हात रहेको हो सो भने प्रष्ट हुन सकेको छैन । आतङ्ककारी र आदीवासीबीचको विवादको परिणाम हो कि भन्ने पनि प्रष्ट नभएको समाचारमा जनाइएको छ ।
मेनाका प्रान्तबाट ४५ किलोमिटर पश्चिममा यो आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षा स्रोतले यस आक्रमणमा परी १२ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । तर अन्य सञ्चारमाध्यमले भने यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको समाचार सम्प्रेषण गरेका छन् । त्यहाँका पूर्व विद्रोही पार्टी (एमएसए) ले प्रकाशन गरेको एक विज्ञप्तिअनुसार सशस्त्र रुपमा मोटरसाइकलमा आएका आक्रमणकारीले तुआरेज शिविरमा १७ सर्वसाधारणको हत्या गरेका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा