विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई : श्रीलङ्का
कोलम्बो, श्रीलङ्का, १४ असोज । विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ ।श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा गाडीहरूको आयातमा एक बर्षका लागि खरिद गर्न रोक लगाएको छ । यहाँका सरकारी अधिकारीलाई कार तथा विलासिताका सामान खरिदमा दिइँदै आएको भन्सार कर छुटलाई पनि आगामी छ महिनाका लागि रोक लगाइएको छ ।श्रीलङ्काली बैङ्कहरूलाई कार, एअर कन्डिसनर्स, अत्तर, मोबाइल फोन र टेलिभिजनजस्ता विलासिताका सामान खरिद गर्न ऋण नदिन पनि अर्थमन्त्रालयले निर्देशन दिएको छ ।
श्रीलङ्काको स्थानीय मुद्राको मुल्य अमेरिकी डलरको तुलनामा १० प्रतिशतले गिरावट देखिएपछि यसलाई सन्तुलन राख्ने प्रयासमा सरकारले उक्त निर्णय लिएको हो । सन् २०१८ को शुरूमा अमेरिकी एक डलर बराबर श्रीलङ्काली एक सय ५५ रूपैयाँ रहेकोमा शुक्रबार अमेरिकी एक डलर बराबर श्रीलङ्काली १७० रूपैयाँ कायम भएको छ ।
गत अगस्टमा सरकारले विदेशी कारको खरिद गर्दा तिर्नुपर्ने करमा व्यापक वृद्धिको घोषणा गरेको थियो । तर विदेशी मुद्रासँगको मुल्यमा देखिएको गिरावटलाई उक्त निर्णयले नियन्त्रण गर्न असफल सावित भएपछि विदेशी मुद्रा विनिमयमा समस्या आएको हो ।श्रीलङ्काको केन्द्रीय बैंकले कार खरिदका कारण यहाँको व्यापार घाटा गत आर्थिक बर्षको पहिलो पाँच महिनामा ७० करोड अमेरिकी डलरबाट चालु आर्थिक बर्षको सोही अवधिमा चार अर्ब ९० करोड पुगेको तथ्याङ्क सरकारलाई उपलब्ध गराएको छ । रासस/एएफपी
September 30, 2018 11:38 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा