Monday 10th November 2025

प्रशान्त महासागरमा विमान दुर्घटना

7 years अगाडी

न्यूजिल्यान्ड, असोज । माइक्रोनेसियाको हवार्इ मैदानमा उत्रन लाग्दा प्रशान्त महासागरको तटीय किनारस्थित छालमा विमान दुर्घटना भएको छ । पपुआ न्यू गिनी (पिएनजी) को उक्त विमान शुक्रबार दुर्घटनाग्रस्त भएको छ ।पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । बिमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए ।

माइक्रोनेसियाली द्वीपको चूक आइल्यान्ड (द्वीप) मा अवतरण गर्न लागेको उक्त विमान उछिट्टिएर समुन्द्रमा पुगेको थियो । बिमानमा यात्रारत एकजना यात्रुले डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि बिमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए ।

यो दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन । बिमान कम्पनीले हवाइजहाज बिमानस्थलमा उत्रनुअघि नै बिमान पानीमा झरेको जानकारी दिएको छ । जेनेसले धावनमार्गमा छोएर पानीमा झरेको बताए । उक्त हवार्इजहाज ३० मिटरजति पानीमा डुबेको थियो । बिमान डुब्नुअघि सबै मानिसलाई उद्धार गरिएको थियो । एएफपी

          September 30, 2018 11:55 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...