निर्वाचन प्रचारका लागि भएको प्रदर्शनमा १३ अफगानीको मृत्यु
7 years अगाडी
Susma Dhakal
जलालावाद, अफगानिस्तान, असोज अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको निर्वाचन प्रचारप्रसारका लागि मङ्गलबार निकालिएको प्रदर्शनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको यहाँका प्रहरी अधिकारीले बताएका छन् ।
यस महिना हुने संसदीय निर्वाचनलाई लिएर यहाँका प्रतिद्वन्द्वीहरूबीच प्रचार अभियान शुरू भएका समय उक्त आत्मघाती आक्रमण भएको हो । गत हप्तादेखि निर्वाचनको औपचारिक अभियान शुरू भएको अवस्थामा भएको यो आक्रमण पहिलो आत्मघाती आक्रमण हो । लामो समयपछि मतदानका लागि आतुर अफगानीलाई घटनाले केही त्रसित बनाएको सरकारी अधिकारीको बुझाई छ ।
घटनामा ४० जनाभन्दा बढी मानिस घाइते भएका छन् । “नान्गाहार प्रान्तअन्तर्गतको एक क्षेत्रका उम्मेदवार अब्दुल नसीर मोहम्मदका समर्थक जम्मा भएको स्थानमा एक लडाकूले आत्मघाती आक्रमण गर्दा १३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्,” प्रान्तीय गभर्नरका प्रवक्ता अतोल्लाह खोग्यानीले भन्नुभयो । आक्रमणमा नेता मोहम्मदलाई केही भएको छैन ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...