Monday 10th November 2025

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त मानवीय क्षतिबाट बच्यो

7 years अगाडी

नयाँ दिल्ली १९ असोज :  भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।  यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना चालकको भने सकुशल विमानबाट बाहिर निस्किेका छन् ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए । उक्त विमानमा दुई चालक मात्र थिए ।
भारतीय वायु सेवा निगमको दुई सिटमात्र भएको यो विमान शुक्रबार विहान सबेरै दुर्घटनाग्रस्त भएको थियो

          October 5, 2018 1:49 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...