Thursday 21st May 2026

पुर्वी नेपाल विकास सहकार्य केन्द्र,जापानद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

8 years अगाडी

जापान – पुर्वी नेपाल विकास सहकार्य केन्द्र,जापानले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । संखुवासभा जिल्ला साविकआँखिभुँइ गाविस -१ हाल धर्मदेवी नगरपालिका ६, होम्बोङ निवासी मृगौला पीडित बिरामी सन्देश जिमीको उपचारको लागी आर्थिक सहयोग गरेको हो ।

आर्थिक स्थिति कमजोर भएका पीडित सन्देश जिमीको उपचार सहयोगको लागि पत्रकार भिम देवानले सामाजिक सन्जालमा आह्वन गरेका थिए । बिरामीलाइ अहिले भक्तपुर पुरानो बाटो स्थित  निकोसेरा भन्ने ठाउँमा कोठा लिइ राखिएको र हप्तामा २ पटक शहिद धर्म भक्तराष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा डायालासिस  गर्दै उपचार भइराखेका छ । बिरामीलाई आफ्नै आमाले मृगौला दिने भएको र दुवैजनाको स्वास्थ्य परिक्षण पनि भइरहेको पारिबारिक स्रेातले जनाएकेा छ ।

पत्रकार  देवानकै अनुरोधमा जापानमा  विद्यार्थी भिषामा रहनुभएका संखुवासभा पाँचखपन नपा-९ तेर्से निवासी पेमानुरी शेर्पा ( Duku Thimmi) को पहलमा  पुर्वी नेपाल विकास सहकार्य केन्द्रमा सहयोगको लागि प्रस्ताव राखेको थियो उक्त प्रस्तावमाथिकेन्द्रका अध्यक्ष  सुवास लोहनीले  पेमानुरी शेर्पा कै संयोजकत्वमा विमल कार्की,ओखलढुङ्गा र फुर्वा शेर्पा, सोलुखुम्बु सहित ३सदस्यीय आर्थिक सहयोग संकलन तथा व्यवस्थापन समिति गठन गरेको थियो ।

समितिले विभिन्न महानुभावहरु मार्फत जुन महिनाको ३ तारीख आइतबार सम्म  संकलित   ७२५११(अक्षेरेपी बहत्तर हजार पाँच सयएघार जापानिज येन )रेमिटेन्स मार्फत नेपाल पठाई सकेको र सहयेाग रकम  संखुवासभा जिल्लाकै गौरीमान राइ विमल काफ्ले तथाधर्मदेवी नगरपालिका कै अन्य ब्यक्तिहरू  तथा पत्रकार भिम देवानको रोहवरमा पुर्वी नेपाल विकास सहकार्य केन्द्रका सदस्य तथासमाजसेवी खोटाङ निवासी राजश्री खालिङबाट मृगौला पिडित कै निवासमा पुगी हस्तान्तरण गर्ने कार्यक्रम पनि तय भइसकेकोसहयोग संकलन समिति संयोजक पेमनुरी शेर्पाले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

आर्थिक सहयोग गर्नु हुने महानुभावहरुको नाम तथा रकम विवरण

१. कुमार कार्की मोरङ   १०,०००¥

२.ध्रुव थापा संखुवासभा   ५,०००¥

३.प्रतिक्षा पुरी काठमाण्डौ ५,०००¥

४.सुवास लोहनी मोरङ      ५,०००¥

५. सन्जिव राई  खोटाङ     ४,०००¥

६.ज्वाला संग्रौला झापा     ३,०००¥

७. लाक्पादोर्जी शेर्पा सोलु  ३,०००¥

८.हेम घिमिरे इलाम           ३,०००¥

९.आकी गौतम मोरङ         २,०११¥

१०.भुपिगोबिन्द श्रेष्ठ सुनसरी २,०००¥

१.धिरज कार्की मोरङ        २,०००¥

१२.सरोज शाही धनगडी       २,०००¥

१३.मोहनकुमार अधिकारी झापा २,०००¥

१४.डिल्लीराम सिवाकोटी झापा  २,०००¥

१५.विमल कार्की ओखलढुङ्गा   २,०००¥

१६.नबिन कटुवाल धनकुटा        २,०००¥

१७.रुद्र उप्रेती मोरङ                 २,०००¥

१८.अखिल राइ पाँचथर            २,०००¥

१९.भूवन रोक्का खोटाङ            २,०००¥

२०.कमल पाठक संखुवासभा      २,०००¥

२१.हरि गेलाल खोटाङ              २,०००¥

२२.कुमार बान सोलुखुम्बु           २,०००¥

२३.ज्याक खड्का खोटाङ          २,०००¥

२४.फुर्वा शेर्पा सोलुखुम्बु            १,५००¥

२५. मदन चापागाँई पाँचथर        १,०००¥

२६.  बिनोद कार्की खोटाङ         १,०००¥

२७. रोहित थापा उदयपुर           १,०००¥

          June 6, 2018 12:20 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...