Thursday 21st May 2026

गोप्य राखेको चलचित्रको नाम बाहिरियो, निर्माता सेनलाई लाग्यो ठुलो झड्का

8 years अगाडी

काठमाडौं । चर्चित निर्माता सन्तोष सेनले आफ्नो चौथो चलचित्रको नाम ‘मेरी मामु’ जुराएका छन् ।

आफ्नै प्रोजेक्ट आसुसेन फिल्म पोडक्सनबाट निर्माण गर्न लागेको चलचित्रको नाम ‘मेरी मामु’ जुराएका हुन् । नेपाली फिल्म बजारमा उनले निर्माण गर्ने फिल्मको नाम सार्बजनिक भएपनि सेन स्वयमले भने यसबारे भने मुख खोलेका छैनन् ।

यद्यपी उनले चलचित्रको नाम त्यही नै भएको खुलासा भने गरेका छन् । आफूहरुले एक पत्रकार सम्मेलनको आयोजना गरेर मात्र चलचित्रको नाम सार्वजनिक गर्ने बताएका छन् ।

असारको पहिलो साता छायाकंनमा जाने र नयाँ फिल्ममा आफ्नै ६ बर्षीय छोरा आयुव सेनलाई डेब्यू गराउने यसअघि नै घोषणा गरिसकेका छन् । यसअघि निर्माण गरेका चलचित्र प्रेमगीत र प्रेमगीत–२ बाट अत्याधिक सफलता हात पारेर हौसिएका सेन दर्शकले चाहेजस्तो मुभी बनाउने सोचमा छन् ।

सेनका अनुसार आफूले निर्माण गर्न लागेको चलचित्रले आमा र छोराको सम्बन्धलाई दर्शाउने छ ।

          June 6, 2018 10:02 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...