बहराइनमा जुन १५ तारिख ‘खोजौँ प्रतिभा’ सांगीतिक साँझ हुने
बहराइन – बहराइनमा जुन १५ तारिख सांगीतिक साँझ हुने भएको छ । कोरी बाटी डट कमको आयोजनामा बहराइनका स्थानिय कलाकार हरुका साथ सांगीतिक साँझ ‘खोजौँ प्रतिभा’ नामक गायन, नृत्य र डिजे कार्यक्रम हुने भएको हो ।
प्रवासमा खोजी नेपाली प्रतिभाको मुलनारा सहित प्रवासमा लुकेका प्रतिभालाई प्रष्फुटित गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको कोरीबाटी डटकमका सुबाश राईले नेपाल दृष्टिलाई बताए । उक्त कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था र यातयातको व्यवस्थापनगरिएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएकोले उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन र बहराइनका सकृय संघ-संस्थाहरु, बुद्धिजीवी, समाजसेवी कलाकार, खेलाडी, एवं पत्रकार तथा नेपाली दाजुभाइ-दिदी-बहिनीहरुलाई कार्यक्रमा गरिमामय उपस्थिति जनाउदै भव्यरुपले सफल बनाइदिनु हुन पनि यसै अनलाइन मार्फत आयोजक टिमले आग्रह गरेको छ ।
कार्यक्रम बिवरण –
मिति:- जुन १५ तारिख शुक्रबार २०१८
स्थान:- इन्द्रेणी फेमली रेष्टुरेन्ट हुरा
समय:- दिनको ठिक १ बजे
June 7, 2018 5:32 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)