ओमनमा नवलपरासीका दुई युवा मिलेर संचालन गरे सुपर-मार्केट
विनेश खनाल, मस्कट, ओमन। खाडी मुलुक ओमनको दक्षिणी क्षेत्र सललाहमा नेपाली युवाको लगानीमा सुपर–मार्केट संचालनमा आएको छ। ओमनमा नेपालीले संचालन गरेको यो पहिलो सुपर–मार्केट हो।
अहिलेसम्म नेपालीहरुले ओमनमा रेस्टुरेन्ट, हार्डवेयर पसल, मेनपावर कम्पनी, ब्युटीपार्लर लगायतका ब्यवसाय गर्दै आएका थिए। कमर्सियल सुपर मार्केट नाम रहेको उक्त सुपर मार्केटको हिजो सोमबार उदघाटन गरिएको थियो।
नवलपरासी देवचुली नगरपालिका ४ दुमकौलिका डिबि रानाभाट र देवचुली नगरपालिका १ केउरानिका ऋषिराम शर्मा मिलेर करिब ६५ लाखको लगानीमा उक्त सुपर–मार्केट संचालनमा ल्याएका हुन्। यो सुपर–मार्केटमा घरायसी, खाद्यन, कस्मेटिक, ईलेक्टोनिक, बच्चाका खेलौना लगायतका सामानहरु गाह्रकले किन्न पाउनेछन्।
.jpg)
सललाह क्षेत्रमा करिव ८ हजार भन्दा बढी नेपाली कार्यरत रहेका छन्। संचालक डिवि राना भाटका अनुसार नेपालीहरु लाई पनि धेरै लक्षित गर्ने योजना छ। क्रमशः नेपालीहरुको माग अनुसारको समान राखिने छ।
सोमबार उद्घाटन समारोहमा गैर–आवसिय नेपाली सोसल क्लब सललाह क्षेत्रका अध्यक्ष टिका दाहाल, एनआरएनए सललाहका प्रतिनिधि महेन्द्र संडौला लगायत सललाह क्षेत्रमा रहेका थुप्रै नेपालीको उपस्थिति रहेको थियो। उपस्थित भएका सवैले प्रवासमा नेपालीहरुले सुपर( मार्केट खोल्दा आफुहरुलाई खुशी लागेको बताउदै नेपाली समुदाय लाई धेरै कुरामा सहज हुने आशा गरेका छन्।
अहिले सुपर–मार्केटमा मिलेर लगानी गरेका डिबि रानाभाटले ३ वर्ष अगाडिदेखि ब्युटि पार्लर पनि संचालन गर्दै आएका थिए। उनको पार्लर श्रीमतिले हेर्ने गर्छिन्।
.jpg)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)