विश्वकपमा कस्की प्रेमिका कति राम्री ?
१. स्पेनिस युवाका ड्रिम गर्ल : स्पेनिस भर्जनमा आयोजना भएको एक्स फ्याक्टरको सन् २००५ एडिसन जितेपछि इडुमी गार्सिया अल्माग्रो धेरै युवाको नजरमा ग्ल्यामरस युवतीको रुपमा परिन् । एक्सफ्याक्ट्मा जानु भन्दा अगाडि नै उनले स्पेनकै राम्रो पप गायिकाको रुपमा आफ्नो फेम कमाइसकेकी थिइन् ।ग्ल्यामरको दुनियाँमा पहिचान बनाउदै गएकी गार्सियालाई स्पेन गट ट्यालेन्टको जजमा राखेपछि के चाहियो र । सन् २०१० मा स्पेनका गोलकिपर डेभिड डि गिया म्यानचेष्टर युनाईटेड स्थानान्तर हुने तरखरमा थिए । त्यो बेला एउटा सामाजिक सेवाको रुपमा गिती संग्रह निकाल्ने तयारी भएको थियो ।
उक्त तयारीको क्रममा स्पेनकी ट्यालेन्टेड गायिका एवं सेलिब्रेटी गार्सिया र डेभिडको पहिलो भेट भएको थियो । यो समाजिक सेवाको कामले दुबैलाई प्रेमको बन्धनमा बाँध्दै लग्यो । गार्सिया र डेभिडले आफ्नो प्रेमलाई टाढा टाढा फैलाउन छुट्टिको समयमा लामो यात्रामा विताउने गर्छन् । स्पेनिस युवाका ड्रिम गर्ल गार्सिया र स्पेनिश युवतीका हंक ब्वाईकोरुपमा रहेका डेभिडको जोडीले मैदानबाहिर निकै चर्चा पाउने देखिन्छ ।
२. धनी बाउकी छोरी : उपर वाले देता हे तो छप्पर फारके देता हैं भन्ने हिन्दी भाषाको यो कहावत नाईजेरियाका फुटबलर मिखेल जोन ओबीलाईठ्याक्कै मिल्दो छ । जोन ओबीको श्रीमती २९ बर्षिया ओल्गा एलिग्रा रसियाका एक धनाढ्य ब्यापारी डिकचेन्कोकी छोरी हुन् । डिकचेन्को को होला भन्ने तपाईलाई लाग्यो होला ।डिकचेन्को ईंगलिस प्रिमियर लिग क्लव चेल्सीका मालिक रोमान अब्रामोभिचका बालकै देखिका साथी हुन् । बाल्यकाल देखिको साथीकी छोरीलाई भित्राएकै कारण जोन ओबीलाई अब्रामोभिचले चेल्सीमै राखेका छन् । बरु क्लवको गेम हेर्न लण्डन आईपुगे भने जोन ओबी र ओल्गालाई भेट्न उनीहरुको घरमै पुग्ने गर्छन् ।
ओल्गा र जोन ओबीको तर्फवाट जुम्ल्याहा बच्चा पनि भैसकेको छ । धनी बाउकी छोरी पट्याएकै कारण चेल्सीका सर्वाधिक लामो समय टिक्ने दोस्रो खेलाडी भएका जोन ओबीकी श्रीमतीको चर्चा आफ्नै देशमा हुने विश्वकपमा कसो नहोला । अहिले धेरैको चासो ओल्गालाई हेर्ने पनि रहेको छ ।
३. हृदयकी मलिका : पोचुगिज् फुटबलर क्रिष्टियानो रोनाल्डोको वारेमा कुनै किसिमको समाचार बनाउनु पर्यो र त्यो समाचारमा उनको प्रेमिकाको प्रसंग जोडिदियो भने त्यो समाचार पढ्ने, सुन्ने र हेर्ने दर्शकलाई सुनमा सुगन्ध छरेको जस्तो हुन्थ्यो । विश्वकप फुटबलको अन्तिम संघारमा रहेका रोनाल्डोलाई यो विश्वकप फुटबल खेलेर देखाउने बेला रहेको छ । उनको खेल हेर्न चाहने जति छन् त्यत्तिनै उनको ग्ल्यामर र उनको प्रेमीका हेर्ने पनि रहेका छन् ।
लाष्ट वल्र्डकपमा रसियन सुपरमोडल इरिना सायकलाई लगेका रोनाल्डोले यसपटक मोडल जर्जिना रुड्रीयुएजलाई लैजाने भएका छन् । सन् २०१७ देखि डिप लभमा परेका रोनाल्डो र जर्जिनावाट एक छोरी एलेना समेत भैसकेको छ । उता रोनाल्डोले पनि सरोगेट मदर ९भाडाको कोख० मार्फत् तिन सन्तान जन्माइसकेका छन् ।इरिनासंग खटपट भएकै समयमा इन्टरनेशनल फेसन ब्राण्ड डोल्का एण्ड गाबानाको भिआईपि पार्टीमा जर्जिना रोनाल्डोको फोकसमा परेकी थिईन् । सधै मोडल र ग्ल्यामरस फेम भएकी युवती पच्छाउने रोनाल्डोको नजरमा एक सेल्स गर्ल पर्नु आफैंमा अनौठो मानिएको थियो । तर रोनाल्डोले अहिले जर्जिनालाई ग्ल्यामरस लुक दिएका छन् ।उनलाई रोनाल्डोले विभिन्न एवार्ड सेरोमनिहरुमा लैजाने गरेका छन् । करोडौं युवतीको धडकन बनेका रोनाल्डो र रोनाल्डोको दिलमा बस्न सक्ने जर्जिना यो विश्वकपमा धेरैको चासो बन्ने छिन् । किनकी लाष्ट वल्र्डकपमा रोनाल्डोले इरिना सायकलाई लगेका थिए भने पहिलो पटक जर्जिनालाई वल्र्डकपमा पहिलो पटक लैजादैछन् ।
June 13, 2018 11:14 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)