कुवेतमा अलपत्र परेका ३ जना नेपालीको लास लुम्बिनी समाज नेपाल कुवेतले नेपाल पठायो
कुवेत – कुवेतमा अलपत्र परेका ३ जना नेपालीको लास लुम्बिनी समाज नेपाल कुवेतले नेपाल पठायो । कुवेतमा विभिन्न कारणले बिगत २ हप्ता देखी नेपाल पठाउन नसकियको ३ जना नेपाली दाजु भाईको शव कुवेतका सामाजिक अभियन्ता तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालको अग्रसरतामा नेपाल पठाईएको हो । २ दिन अगाडी २ शव र आज १ शव गरी ३ वटै शव नेपाल पठाएको सामाजिक अभियन्ता रुपेन हमालले बताए ।
कुवेतमा २ हप्ता पहिले नुवाकोट ककनी -७ चतुरालीका सुशील आचार्य ,दरबार गाउपालीका वार्ड न. २ घर भै हाल रुपन्देही बकुलघाट बसोबास गर्दै आयका हुम बहादुर रासकोटी ,मरिण गाउपालीका वार्ड न. ४ कुण्डुले सिन्धुली घर भयका राम बहादुर स्याङ्ताङको मृत्यु भएको थियो । उक्त मृत्यु हुनेहरु कुवेतमा अबैधानिक रुपमा काम गर्दै आएका थिए । नेपालमा शव पठाउनको लागी एक शवको ३५० केडी अर्थात नेपाली एक लाख पच्चीस हजार लाग्ने र उनी हरुको जिम्मेवारी लिने कुनै व्यक्ति नहुँदा मिर्तकको शव नेपाल पठाउन समस्या आएको थियो ।
नेपाली राजदुतावास कुवेत लाई उक्त व्यक्तिहरुको शवलाई नेपाल पठाउन समस्या आए पश्चात लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालले जिम्मेवारी लिएका थिए । हमालले पहिले त मृतकको घर ठेगाना पत्ता लगाउनमा दुताबस लाई सहयोग गरे पछि मृतकका घर परिवारको आग्रह धेरै आय पश्चात् नेपाली दुताबास कुवेत संग सहकार्य गर्दै आफ्नो अभियान शुरु गरेका थिए । उक्त अभियानमा लुम्बिनी समाज लगायत कुवेतका सदस्य लगाएत कुवेतका कृयाशिल संघसँस्थाका साथै ब्यक्ती विशेष ले पनि सहयोग गरेका थिए । एक हप्ताको छोटो अवधीमा पनि १०५० केडी संकलन गर्न सफल भयकोमा हमालले सहयोगी दाताहरू लाई धन्यवादका साथ आभार प्रकट गरेका छन् ।
June 13, 2018 6:18 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)