सर्वाधिक राशिको एनआरएन कपको तयारी पुरा । खेल तालिका सार्वजनिक ।
युएई । युएईको नेपाली समुदायमा हालसम्म्कै सर्वाधिक राशिको फुटबल प्रतियोगिता एनआरएन कप-२०१८ को तयारी पूरा भएको छ । आयोजक एनआरएनए युएईले जून १२ तारिख मंगलबार एक कार्यक्रम गरेर खेल तालिका सार्वजनिक गर्दै खेलसम्बन्धि सबै तयारी पुरा भएको जनाएको हो आयोजक एनआरएनए युएईका अधिक पधादिकारी र एनआरएनए आईसीसी सदस्यहरु ठाकुरप्रसाद ढुंगाना र मनोज गोर्खाली, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल र प्रतियोगितामा सहभागी अधिक टिम क्याप्टेनहरुको उपस्थितिमा गोलाप्रथा बाट खेलतालिका सार्वजनिक गरिएको हो ।
प्रथम पुरस्कार ६ हजार ६ सय ६६ दिराम ( करिब २ लाख रुपैयाँ ) राखिएको यो प्रतियोगिता आगामी इदको अवसरमा १५ जून शुक्रबार दुबईमा आयोजना हुदै छ । प्रतियोगितामा आयोजक एनआरएन युएई,र नवलपरासी राइनो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी सुनुवार सेवा समाज र कास्टमन्डप फुटबल क्लब , मेचीमहाकाली फुटबल क्लब र रुपन्देही ११ का बीच पहिलो चरणमा प्रतिस्पर्धात्मक खेल हुनेछ । यसैगरी राइजिङ स्टार फुटबल क्लब र नेपाली समुदाय युएई, गोर्खा समाजको हिमालयन फुटबल क्लब र ओल्ड मन्क फुटबल क्लब, नेपाली जनसम्पर्क समिति फुटबल क्लब र माउन्ट एभरेस्ट फुटबल क्लबबीच स्पर्धा हुने तालिका सार्वजनिक भएको छ । नेपाली स्पोर्ट्स क्लब राक र हिपेट फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब र एनआरएन अबुधाबीको फुटबल समुहबीच प्रतिस्पर्धा हुने तालिका गोलाप्रथाबाट तय भएको हो । “नेपालीका लागि नेपाली” भन्ने एनआरएनको नारा अनुरुप युएईका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले आगामी इदको पहिलो रात ठिक ८ बजे आयोजना हुन लागेको हो ।

एनआरएन युएईको उद्दार कोषको सहयोगार्थ आयोजना हुन लागेको यो प्रतियोगितामा २१ समुहले खेलका लागि नाम दर्ता गराए पनि १६ समुहले मात्र प्रतियोगितामा सहभागी हुने आयोजक समुहका मदन अधिकारीले बताएका छन् । नेपालमा विभिन्न चर्चित फुटबल क्लब खेल्ने खेलाडीहरु जो अहिले श्रमको सिलसिला युएईमा कार्यरत छन्, उनी हरुको पनि सहभागिता हुने हुनाले खेल अति रोमाञ्चक हुने आयोजकले दाबी गरेका छन् ।
दुबईको पेनाल्टी फुटबल मैदान सलाउदीन स्ट्रीटमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार अहिलेसम्मकै सर्वाधिक राशीका साथमा कप, मेडल र प्रमाणपत्र हुनेछ । त्यसैगरी दोश्रो पुरस्कार ३ हजार ३ सय ३सय ३३ दिराम (करिब १ लाख रुपैयाँ) कप, मेडल र प्रमाणपत्र हुनेछ । साथमा उत्कृस्ट टुर्नामेन्ट खेलाडीलाई कप प्रमाणपत्र, उत्कृस्ट गोलकिपरलाई कप र प्रमाणपत्र र प्रत्यक खेलको उत्कृस्ट खेलाडीलाई प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएका छन् । हरेक टिममा ११ जना खेलाडीका साथमा ५ अतिरिक्त खेलाडी, १ जना ब्यावस्थापक, १ जना टिम कोच रहने उक्त स्पर्धा फिफाको नियम अनुसार खेलाइने आयोजकले बताएका छन् । कुनै विवाद उत्पन्न भए रेफ्रीको निर्णय नै अन्तिम हुने बादबिबाद गर्न नपाइने नियम छ । बरदुबईस्थित हिमालयन एयरको अफिसमा आयोजित कार्यक्रममा एनआरएन युएईले सामाजिक गतिविधिका साथमा खेलकुद र खेलाडीहरुको विकासका लागि उत्तिकै प्राथमिकता दिएर सहयोग गर्ने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)