किन पर्याे हिलोसहितको पानी ?
काठमाडौं – पार्किङ गरेर राखेको मोटरसाइकल वा गाडीमा आज बिहानै हिलो देख्नुभयो ?
हिजाे राख्दा राम्रै भएको गाडी वा मोटरसाइकलमा हिलो कहाँबाट आयो भनेर अचम्ममा पर्नुभयो ? भूइँमा भएको धुलो पो उछिट्टिएर हिलो भयो कि भन्ने सोच्नुभयो कि ? तपाईँको गाडी वा मोटरसाइकलमा भूइँको हिलो लागेको होइन । शुक्रबार राति हिलोसहितकै वर्षा भएकाले त्यसो भएको हो ।
शुक्रबार राति नेपालका धेरै ठाउँमा हिलोसहितको पानी परेको छ । भारतको राजस्थान हुँदै नेपाल प्रवेश गरेको हावाले ल्याएको धुलोको कारण फोहोर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सुवास रिमालका उच्च वायुमण्डलमा भारतबाट आएको धुलो टाँसिएपछि फोहोर पानी परेको हो । अरु बेलामा पनि उच्च वायुमण्डलमा भारतबाट धुलो आउने गरेको छ । तर पानी नपर्दा यो वायुमण्डलबाट नै मध्य क्षेत्र हुँदै पूर्वबाट बाहिरिने गरेको उहाँको भनाई छ ।
वर्षातको समयमा भने पानी पर्दा धुलो पनि सँगै झरेपछि फोहोर पानी परेको उहाँले जानकारी दिनुभयो । केही समयअघि अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको अध्ययनले भारतमा वायु प्रदुषणको मात्रा निकै उच्च भएको देखाएको थियो ।
नेपालमा बहने हावा भारत हुँदै आउने भएकाले त्यहाँको धुलो पनि सँगै आएको मौसमविद् रिमालको भनाई छ । हिलो पानी परेपछि के भयो भनेर धेरै जना अन्यौलमा परेका थिए । उज्यालो
तस्बिर :- सुनिल शाहीको फेसबुक वाल बाट
June 16, 2018 11:17 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)