सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई
यूएई । नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्म्कै सर्वाधिक राशिको फुटबल प्रतियोगिता एनआरएन कप-२०१८ को उपाधी चुमेको छ । नेपाल स्पोर्ट्स क्लब राकले हात पारेको छ । दुबईको पेनाल्टी फुटबल मैदान सलाउदीन स्ट्रीट अबुहिलमा आयोजना भएको प्रतियोगितामा प्रथम पुरस्कार युएईको नेपाली फुटबलको इतिहासमै अहिलेसम्मकै सर्वाधिक राशी ६ हजार ६ सय ६६ दिराम (करिब २ लाख रुपैयाँ) का साथमा कप, मेडल र प्रमाणपत्र विजयी समुह नेपाल स्पोर्ट्स क्लब रास अल खेमाले प्राप्त गरेको हो ।

प्रतियोगिताको उपविजेता गोरखा समाजको हिमालय क्लबले दोश्रो पुरस्कार स्वरुप ३ हजार ३ सय ३सय ३३ दिराम (करिब १ लाख रुपैयाँ) कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आयोजक एनआरएनए युएईले जून विभिन्न प्रतिस्पर्धिहरुलाई पछि पार्दै फाइनलमा पुगेका नेपाल स्पोर्ट्स क्लब राक र गोरखा समाज युएई हिमालय फुटबल क्लबबीच भएको रोचक प्रतिस्पर्धामा ० का विरुद्ध ३ गोल गरेर नेपाल स्पोर्ट्स क्लब राकले उपाधी चुमेको हो । प्रतियोगितामा आयोजक एनआरएन युएई, नवलपरासी राइनो फुटबल क्लब, सुनुवार सेवा समाज, कास्टमन्डप फुटबल क्लब , मेचीमहाकाली फुटबल क्लब, रुपन्देही ११, राइजिङ स्टार फुटबल क्लब, नेपाली समुदाय युएई, गोर्खा समाजको हिमालयन फुटबल क्लब, ओल्ड मन्क फुटबल क्लब, नेपाली जनसम्पर्क समिति फुटबल क्लब, माउन्ट एभरेस्ट फुटबल क्लब, नेपाली स्पोर्ट्स क्लब राक, हिपेट फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब, एनआरएन अबुधाबीको फुटबल समुह सहित १६ टिमले भाग लिएका थिए । । “नेपालीका लागि नेपाली” भन्ने एनआरएनको नारा अनुरुप युएईका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले इदको पहिलो रात जुन १५ देखि १६ शनिबार बिहान ११ बजेसम्म उक्त प्रतियोगिता आयोजना भएको थियो ।
एनआरएन युएईको उद्दार कोषको सहयोगार्थ आयोजना हुन लागेको यो प्रतियोगितामा २१ समुहले खेलका लागि नाम दर्ता गराए पनि १६ समुहले मात्र प्रतियोगितामा सहभागी भएको आयोजक समुहका मदन अधिकारीले जानकारी दिए । नेपालमा विभिन्न चर्चित फुटबल क्लब खेल्ने खेलाडीहरु जो अहिले श्रमको सिलसिला युएईमा कार्यरत छन्, उनी हरुको पनि सहभागिता जनाएका थिए ।
साथमा उत्कृस्ट खेलाडीको उपाधी टेकबहादुर राई,उत्कृस्ट गोलकिपर बिमल तामाङ, हाइ स्कोरर संगम बमजनले उपाधी चुम्दै कप र प्रमाणपत्र र प्रत्यक खेलको उत्कृस्ट खेलाडीले प्रमाणपत्र पाएका छन् । नेपाली दूतावास अबुधाबीका श्रम काउन्सिलर भेसबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा युएईमा रहेका विभिन्न व्याबसायिक संस्थाहरुले सहयोग गरेका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)