Tuesday 23rd April 2024

एनआरएन कप २०१८ को उपाधी रियाद ११ लाइ

6 years अगाडी

तेज थापा-

गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति पुर्वि क्षेत्र साउदी अरबले आयोजना गरेको मैत्रिपुर्ण खुल्ला फुटवल प्रतियोगिताको उपाधी ‘रियाद ११’ ले उचालेको छ भने दोस्रो उपाधी समरानि एफसि “ए” ले प्राप्त गरेको छ । प्रथम र द्वितिय स्थान हासिल गर्ने बिजेताले क्रमश ३१०० साउदी रियाल,सिल्ड,मेडल प्रमाणपत्र तथा १५०० साउदी रियाल, सिल्ड र मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरि खेलमा नेपाल मगर साउदी अरबका खेलाडी तेजेन बुर्जा मगर उत्कृष्ट खेलडीको उपाधि जित्न सफल भएका छन् भने रियाद ११ का सुरेन तामाङले प्रतियोगितामा सबैभन्दा बढी ग‍ोल गर्ने खेलाडीको दर्जा पाएका छन् ।

त्यसैगरी प्रतियोगितामा नेपाल मगर साउदी अरबका टिमलाइ अनुशासित टिमको घोषणा गरिएको थियो भने प्रत्यक खेलबाट म्यान अफ द म्याच, खेल रेफ्रि तथा सह रेफ्रिहरू, स्वयम सेवकहरू, द्वितिय पुरस्कार रासिको प्रायोजक एवम् एनसिसि साउदी अरबकी महिला संयोजक रबिना अर्याल लगायत अन्य सहयोगिहरूलाइ समेत प्रमाण पत्रको व्यवास्था गरिएको थियो । पुरस्कार बितरण कार्यक्रममा एनआरएनए आइसिसि सदस्य तथा FEMWWC मध्यपुर्व सहसंयोजक जोन अर्याल,एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान, बरिष्ठ उपाध्यक्ष डमर यादव, महासचिव तेज थापा, महिला संयोजक रबिना अर्याल, सदस्यहरू भोला पौडेल, रोशन श्रेष्ठ, दिपक शाही, आरसिसि पुर्वी क्षेत्र क्षेत्रिय सचिव घनश्याम अर्याल, सदस्य चन्द्र बुढामगर, एलसिसि अलखोवरका सचिव अनुप गुरूङ, डिसि नेपाल गल्फ साउदी अरबका मिडिया कर्मी शुक्र मोक्तान होम थापा लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

नेपाली राजदुतावास रियादका महामहिम राजदुत डा. प्रा. महेन्द्र प्रसाद राजपुतको प्रमुख अतिथ्या तथा श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान, आइसिसि सदस्य धरम के. सी.को बिशेष अतिथ्यमा प्रतियोगिता गत १६ जुन, २०१८ देखि सुरू भएको भएको थियो ।

समुद्घाटन कार्यक्रमा सभापतित्व आयोजक कमिटिका संयोजक चित्र राइले गरेका थिए भने कार्यक्रमको संचालन एनआरएनए पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समितिका सचिव समेत रहेका घनश्याम अर्यालले गरेका थिए । उद्घाटन कार्यक्रममा एनआरएनए एनसिसि साउदी अरबका संरक्षक ओम घले, बरिष्ठ उपाध्यक्ष डमर यावद, उपाध्यक्ष उषा के. सी. महासचिव तेज थापा, कोषाध्यक्ष मो. जैनुल अव्दिन, केन्द्रिय सदस्य दिपक शाही रोशन श्रेष्ठ, भोला पौडेल, मिडिया कर्मी शुक्र मोक्तान, कि.रा.या साउदी अरेबियाका अध्यक्ष जितेन्द्र माङ्पहाङ राई, नेपाल मगर संघ साउदी अरबका सल्लाहकार खिम गर्वुजा, संघिय लिम्बुवान मन्चका केन्द्रिय सदस्य श्री यावा लिम्बु, मिथिला एकता समाज साउदी अरबका केन्द्रिय अध्यक्ष निरज पटेल राय तथा क्षेत्रिय अध्यक्ष मनोज ठाकुर, हेल्प मधेशि, साउदी अरब अध्यक्ष कमलदेव साह लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमलाइ सफल बनाउन पुर्वी क्षेत्रमा कृयाशिल एनआरएनएका बिभिन्न सिमितिमा आवद्ध पदाधिकारीहरू तथा एनआरएनए कर्मीहरू लगायत खेलप्रमि नेपालीहरूको जमघट रहेको थियो । प्रतियोगितामा रियाद, अलहासा, रासअल खैएर, जुबेल, दम्माम, अलखोवर लगायतका बिभिन्न स्थानबाट कुल २० टिम सामेल सहभागिता जनाएका थिए ।

प्रतियोगितमा लागेको कुल खर्च कटाइ बचेको रकम सडक दुर्घटनामापरि हस्पिटलमा उपचार गराइरहेका धरम नाथ पासवानलाइ सहयोग गर्ने आयोजक कमिटिले जनाएको छ । दुर्घटनामा परि घाइते भएका उनि हालसम्म साउदि अरबको किंगफाहाद अस्पतालकै बिरामी सैयामा छन् भने उपचारमा लागेको सम्पुर्ण खर्च नतिरेसम्म हस्पिटलले डिस्चार्च नगर्ने बाध्यात्मककारि अवस्थामा छन् ।

          June 20, 2018 6:16 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...