खुशीको खबर: रवि विरुद्ध सरकार पछि हट्यो, कर्वाही नहुन भयो (प्रेस विज्ञप्तिसहित)
पत्रकार रवि लामिछानेविरुद्ध ओली सरकार पछि हटेको छ। टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछानेलाई नेपालमै बसी पत्रकारिता गर्न नेपाल प्रेस काउन्सिलले अनुमति दिएको छ ।
लामिछानेबारे काउन्सिलले गरेको अनुसन्धान पुरा भए पछि आज एक पेश बिज्ञप्ति जारी गर्दै लामिछानेले अमेरिकी नागरिकता त्याग गर्ने प्रक्रिया शुरु गरिसकेको प्रमाण पेश गरेको देखिएकोले नेपालको ऐन ,नियम भित्र रहेर पत्रकारिता गर्न अनुमति दिएको हो ।
नेपालमा अवैधरुपमा काम गरिरहेको दावीसहित उनिविरुद्ध कानुनी कारबाहीको तयारी भइरहँदा आज बिहीबार प्रेस काउन्सिल नेपालले उनले अमेरिकी राहदानी र नागरिकता त्याग सम्बन्धी प्रकृया चालिसकेकोको जानकारी प्राप्त भएको उल्लेख गर्दै लामिछानेले नेपालमै रही सञ्चार सम्बन्ध पेशा व्यवशायमा संलग्न हुने उनको रुचिको सम्मान गर्ने बताएको छ। यसअघि उनले अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै विना अनुमती नेपालमा काम गरेको भन्दै कारबाहीको तयारी भइरहेको थियो।

प्रेश काउन्सिल नेपालले गृह मन्त्रालयले लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्याग सम्बन्धी निवेदन दिएकोबारे आफूलाई जानकारी गराएकाले यो मुद्धा टुंगिएको पनि स्पष्ट पारेको छ।प्रेस काउन्सिलका सहप्रसासकिय अधिकृत दिपक खनाल द्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा भनिएको छ
June 21, 2018 7:45 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)