आजको खेलमा ब्राजिललाई स्टाटस जोगाउने चुनौती
असार ८, २०७५ ब्राजिलले समूह ‘ई’ को दोस्रो खेलमा आज कोस्टारिकाको सामना गर्दै छ। विश्वचर्चित स्टारले भरीएको पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई कोस्टारिकासँग आफ्नो स्टाटस जोगाउने चुनौती रहेको छ। तर, ब्राजिल पहिलो खेलमा स्विटजरल्यान्डसँग बराबरीमा रोकिएपछि कोस्टारिकाविरुद्ध ब्राजिल स्वभाविक दबाबमा हुने छ। कोस्टारिका र ब्राजिल दुबैका लागि नकआउट चरणमा स्थान कायम राख्न पनि दुबेलाई जित अत्यावश्यक छ। सर्वियासँग कोस्टारिका १–० ले पराजित भएको तथा ब्राजिलले पनि स्विटजरल्यान्डसँग अंक बाँडेकाले टिमलाई उदघाटन खेलमा भन्दा दोस्रो खेलमा बढी दबाबमा हुनेछ।
ब्राजिल कोस्टारिका विरुद्ध मैदानमा उत्रंदा उसलाई अघिल्लो खेलको नतिजाले पिरोल्ने नै छ। साथमा खेलाडीको चिन्ता पनि थपिएको छ। उसका स्टार स्ट्राइकर नेयमार फिट भएको भनिएपनि उनले खेल्ने या नखेल्ने अन्योल्ता कायम रहँदा पाउलिन्हो र थियोगो सिल्भाले कोस्टारीका विरुद्धको खेल गुमाउँदै छन्। तर ब्राजिललाई अर्जेन्टिनी स्टार कोउटिन्होको खेलमा विश्वास रहेको छ। साथमा उनलाई फर्नान्डीन्हो रेनाटो अगुइएस्टो, गाव्रिएल जेसस लगाएतले साथले ब्राजिलले जित आत्मासाथ गर्न सक्ने सम्भावना रहेको छ। विश्वकपको पहिलो खेलसम्मलाई आधार मान्ने हो भने ब्राजिल पछिल्ला १२ खेलमा अपराजित रहेको छ भने उसको पोस्टमा विपक्षीले तीन गोल मात्र गरेका छन् । त्यसैले ब्राजिल स्वभाविक रुपमा बलियो मानिएको छ। कोस्टारिकाविरुद्ध पनि ब्राजिलको इतिहास बलियो रहको छ। ब्राजिलले कोस्टारिका विरुद्ध खेलेका १० मध्ये ९ खेलमा जित निकालेकोले स्वभाविक रुपमा ब्राजिल कोस्टारीकामाथि हाबी हुने विश्वास लिएको छ। १९६० यता ब्राजिल कोस्टारीकासँग पराजित भएको छैन् त्यसेलेपनि ब्राजिल सोहि इतिहासलाई कायम गर्ने ध्याउनमा हुने छ। त्यसोत पछिल्लोपटक २०१५ यता यी दुई देश एक अर्काविरुद्ध नभिडेकाले दुवैका लागि विश्वकपको यो खेल अघिल्ला इतिहासको निरन्तरता नहुने खतरा पनि उतिकै रहेको छ।
June 22, 2018 1:59 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)