समूह डि को छिनोफानो आज, अर्जेन्टिनालाई अन्तिम मौका
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह डि को छिनोफानो आज लाग्दैछ । समूह डि को खेलमा अर्जेन्टिनाले नाइजेरियासँग र क्रोएसियाले आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् ।विश्वकपको समूह डि बाट क्रोएसिया नकआउट चरणमा प्रवेश गरेपनि एक टिमको टुंगो लागेको छैन । समूह डि बाट नकआउट चरणमा प्रवेश गर्ने राष्ट्रका दाबेदारमा अर्जेन्टिना र नाइजेरिया रहेका छन् । त्यसो त, आइल्यान्डको पनि झिनो आशा कायमै छ ।
अर्जेन्टिनाले आफ्नो समूहको अन्तिम खेल नाइजेरियासँग सेन्ट पिट्र्सवर्ग रंगशलामा खेल्दैछ । यी दुईबीचको खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । एक खेलमा बराबरी खेलेको र एक खेलमा पराजित भएको अर्जेन्टिनाको १ अंक रहेको छ । यता, नाइजेरिया भने एक खेलमा विजयी र एक खेलमा हारेर ३ अंक रहेको छ ।
अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ । तर अर्जेन्टिनाले क्रोएसिया र आइसल्यान्डसँगको नतिजामा पनि भरपर्नु पर्ने हुन्छ । अर्जेन्टिनालाई नाइजेरियाले पराजित गरेमा नाइजेरिया विश्वकपको प्रिक्वाटरफाइनलमा पुग्नेछ ।
यसअघि नाइजेरिया र अर्जेन्टिनाको ८ खेलमा भेट भएको छ । जसमा ५ खेल अर्जेन्टिनाले जितेको छ । त्यसैगरी, २ खेल नाइजेरियाले जितेको छ भने १ खेलमा बराबरी भएको छ । त्यस्तै, यसै समूहको अर्को खेलमा आइसल्यान्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । रसियाको रोस्टोभ एरिनामा खेल हुनेछ ।
आइसल्याण्डले १ खेलमा बराबरी खेलेको छ भने एक खेलमा हार बेहोर्दै १ अंक बनाएको छ । यता, क्रोएसियाले भने समूह चरणको २ खेलमा लगातार जित हात पार्दै ६ अंक बटुलेको छ भने क्रोएसिया प्रिक्वाटरफाइनलमा समेत एक खेल खेल्नु अघि नै प्रवेश गरेको छ ।अहिलेसम्म आइसल्याण्ड र क्रोएसियाको भेट ६ खेलमा भएको छ । जसमा क्रोएसियाले ४ खेल जितेको छ । त्यस्तै, १ खेलमा आइसल्याण्डले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)