हतियारसहित प्रहरी लाएर राेकियाे डा केसीलार्इ, चन्दननाथ मन्दिरमा अनशन बस्ने
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न यहाँ अाइपुगेका डा गोविन्द केसीलाई हतियारसहितका प्रहरी परिचालन गरी राेकिएकाे छ ।
डा केसीलार्इ लक्षित गर्दै स्थानीय प्रशासनले उक्त प्रतिष्ठानमा भाेक हड्ताल वा अान्दाेलनका कार्यक्रम गर्न राेक लगाएकाे छ । प्रतिष्ठानमा जान हिडेका केसीलाई हतियारसहितका प्रहरीले बीच बाटैमा रोकेका थिए। जिल्ला प्रसासन कार्यालयदेखि प्रतिष्ठान आसपासको इलाकालाई निषेधित क्षेत्र घोषणा गरिएकाे छ।
प्रसासनले २ सय मिटरदेखि मात्रै निषेधित क्षेत्र घोषणा गरेको भए पनि डा केसीलार्इ स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे करिब एक किलाेमिटर टाढै प्रहरीले राेकेकाे हाे ।
डा केसीले सरकार तानाशाह बन्न लागेकाे भन्दै अाफूलार्इ कसैले राेक्न नसक्ने बताएका छन् । प्रतिष्ठानमा राेक लगाएपछि उनले जुम्लाकै प्रसिद्ध मन्दिर चन्दननाथमा बसेर अनशन शुरु गर्ने भएका छन् ।
डा. केसीले चिकित्सा शिक्षा अध्यादेश जनमैत्री बनाउन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास लगायतका विषय उठान गर्दै १५ अाैँ पटक अनशन शुरु गर्ने तयारीमा छन् । यसअघि काठमाडाैंमा पटकपटक अनशन बसेर सरकारलार्इ दबाब दिइसकेका छन् ।
June 30, 2018 1:35 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)