निराशहुँदै विदा भए फुटबल लेजेन्ड रोनाल्डो र मेस्सी
काठमाडौं । लियोनल मेस्सीसँगै क्रिस्टियानो रोनाल्डोको पनि विश्वकप यात्रा अधुरो बनेको छ । शनिबार राति सम्पन्न पहिलो खेलमा लियोनल मेस्सीको टोली अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजितहुँदै विश्वकपबाट बाहिरिएको थियो ।दोस्रो खेलमा रोनाल्डोको पोर्चुगलपनि लुइस स्वारेजको टोली उरुग्वेसँग २–१ ले पराजितहुँदै विश्वकपबाट बाहिरियो । उरुग्वेको जितमा दुवै गोल इडिसन काभानीले गरेभने पोर्चुगलका लागि डिफेन्डर पेपेले हेडरमार्फत सान्त्वना गोल फर्काए ।
यससँगै एक दशक यताकै दुई फुटबल हस्ती रोनाल्डो र मेस्सीलाई आजदेखि रुस विश्वकपको मैदानमा खेलिरहेको देख्न पाइने छैन् । समान ३–३ विश्वकप खेलेका रोनाल्डो र मेस्सीको क्रमश विश्वकपमा ७ र ६ गोल भएको छ ।रुस विश्वकपमा रोनाल्डोले ४ गोल गर्न सफल भएभने मेस्सीले एकमात्र गोल गरे । शनिबारको खेलसँगै अब फ्रान्स र उरुग्वेको क्वाटर फाइनलमा भेट हुने पक्का भएको छ ।

काभानीको दुई गोलमा उरुग्वेको जित : इडिसन काभानीको २ गोलमा उरुग्वेले पोर्चुगल माथि २–१ को कठिन जित निकालेको हो । खेल सुरु भएको ७ मिनेटमै उरुग्वेले पोर्चुगलमाथि सुरवाती अग्रता लिएको थियो । उरुग्वेका लागि इडिसन काभानीले स्ट्राइकर लुइस स्वारेजको पासमा हेडरमार्फत गोल गरेका थिए । प्रतिस्पर्धात्मक पहिलो हाफको खेल १–० मै सम्पन्न भएको थियो । दोस्रो हाफमा पोर्चुगलले राम्रो मुभ बनाउदै बराबरी गोलगर्न सफल भयो ।

डिफेन्डर पेपेको हेडर गोलबाट पोर्चुगलले खेलमा बराबरी गोल फर्काएको थियो । खेलको ५५ औं मिनेटमा पोर्चुगलले कर्णरको अवसर पाएको थियो । राफेल गुरेरेको कर्णर प्रहारमा पेपेले हेडर मार्फत उरुग्वेविरुद्ध बराबरी गोल गरेका थिए । तर उरुग्वेविरुद्धको खेलमा बराबरी गोल गरेको ७ मिनेट नपुग्दै उरुग्वेले फेरी दोस्रो गोल गर्न सफल भयो । खेलको ६२ औं मिनेटमा उरुग्वेका काभानीले दोस्रो गोलगर्दै खेललाई २–१ को अग्रतामा पुर्याएका थिए । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन् । अन्तत : खेल २–१ मै सम्पन्न भयो । पोर्चुगलको विश्वकप यात्रामा पुर्ण विराम लाग्यो ।
.jpg)
पोर्चुगलको कडा टक्कर : विश्वकपबाट बाहिरिएपनि पोर्चुगलले उरुग्वेलाई कडा टक्कर दिएको थियो । ६२ औं मिनेटमा २–१ ले पछि परेपछिको अवस्थामा पोर्चुगलको खेल एकदमै आक्रमक भएको थियो । तर उरुग्वेलाई आफ्नो दवावमा पुर्ण रुपमा राख्न सफल रोनाल्डोको टोलीले पाएको अवसरलाई गोलमा परिणतभने गर्न सकेनन् । खेलको अन्तिम सेकेन्डसम्मपनि पोर्चुगल गोलका लागि लडेका थिए । तर उरुग्वेको डिफेन्सको अगाडि केहि सिप लागेन ।
.png)
खेलमा पोर्चुगलले २० पटक गोलको प्रयासगर्दा ५ बलले पोस्टको दिशा लिएको थियो । जसमा १ बल गोलमा परिणत भयो । अन्य प्रहार उरुग्वेका गोल रक्षकले विफल पारिदिए । उरुग्वेलेभने खेलमा थोरै अवसर पायो । तर अवसरको भरपुर फाइदा लिएको थियो । खेलमा मात्र ६ पटक गोलको प्रयास गरेको उरुग्वेको ३ बल पोस्टमा जाँदा २ बलले पोस्टको जाली चुम्यो ।
July 1, 2018 10:49 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)