डा. केसीले भने – जनताका लागि काम गर्न हैन, लुट्न आएको जस्तो लागेको छ’
प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन् । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले सरकारले जनहितकारी अभियान तुहाउन अनशनस्थललाई निषेधित क्षेत्र घोषणा गरेको बताए । उनले हिरासतमै अनशन सुरु गरिसकेका छन् ।
मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक मेडिकल माफिया र भ्रष्ट नेतालाई फाइदा हुने गरी परिमार्जन गरिए स्वीकार्य नहुने बताएका छन् । दुई तिहाइको समर्थन प्राप्त सरकारले जे पनि गर्न सक्छ भन्ने दम्भ राखेर विधेयक परिमार्जन गर्न लागेको उनको दाबी छ । ‘चिकित्सा शिक्षा विधेयकबारे सत्तारूढ नेताहरूको प्रतिक्रिया हेर्दा उहाँहरू जनताका लागि काम गर्न हैन, लुट्न आएको जस्तो लागेको छ,’ केसीले भने ।
पुँजीवादी मुलुकमा समेत शिक्षा र स्वास्थ्यलाई व्यवसायीकरण नगरिएको जनाउँदै उनले भने, ‘हाम्रो मुलुकका समाजवादी भनिने नेताहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई चरम पुँजीवादी बनाएका छन् ।’ चीनमा शिक्षा र स्वास्थ्य नि:शुल्क रहेको औंल्याउँदै उनले भने, ‘हाम्रा नेताहरू साम्यवादी, समाजवादी होइनन् क्रोनिक क्यापिटालिस्ट हुन् ।’, यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।
July 1, 2018 10:59 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)