काठमाडौंको हिलाम्मे र धुलाम्मे सडकलाई बलिउड अभिनेत्री जुहीको यस्तो झापड !
काठमाडौं । काठमाडौंको सडकको अवस्था हेर्ने हो भने उराठ लाग्दो छ । पानी प¥यो भने हिलाम्मे, र घाम लाग्यो भने धुलाम्मे । काठमाडौंको पर्यटकिय क्षेत्रहरुको सडक पनि हिलाम्मे र धुलाम्मे नै छ ।
बलिउड अभिनेत्री जुही चावला अहिले काठमाडौंको भ्रमणमा छन् । केही दिन अघि चुपचाप भारतबाट काठमाडौं आएकी जुहीको भ्रमण सकिनै लागेको छ । काठमाडौंको सडकहरुको कन्त-बिजोकलाई सामाजिक सञ्जाल मार्फत गज्जबको झापड हानेकी छन् ।

काठमाडौं, भक्तपुर, धुलिखेल लगाएको ठाउँहरुको अवलोकन गरिसकेकी जुहीले आफ्नो ट्वीट गर्दै काठमाडौंको अस्तव्यस्त सडकमाथि दह्रो व्यांग्य गरेकी छन् ।
उनले ट्वीट गर्दै लेखेकी छन्, ‘जब काठमाडौंमा हामीले आफ्नो कुरिरहेका थियौं, धेरै धुलो, धेरै ट्राफिक, त्यस्तै धेरै डिजेल र पेट्रोलको वायु प्रदुषण । हामीले आफ्नो अनुहारनै छोप्नु प¥यो । प्रत्येक दिन यहाँका लोकल मान्छेहरुले सर्जिकल मास्क लगाएतर हिँड्छन् ।’
जुहीले यस्तो ट्वीट गरेसँगै एउटा फोटो पनि पोष्ट गरेकी छन् । जहाँ पाँच जना उभिरहेका छन् । सायद उनीहरुले आफ्नो गाडीलाई कुरिरहेका होलान् । उनीहरु पाँचै जनाले आफ्नो अनुहरलाई रुमालले छोपेका छन् ।

प्राय नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपाल तथा काठमाडौंको सुन्दरताको बारेमा खुलेरै प्रसंसा गर्छन् । तर बलिउड अभिनेत्री जुही चावलाले भने ठीक उल्टो धुलाम्मे काठामाडौंको नांगो तस्विर सार्वजनिक गरेकी छन् ।
July 1, 2018 12:00 pm | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)