करीव ४२ लाखको लगानिमा निर्मित पुलले एक भेल थामेन
गुरु प्रसाद रेग्मी –
सुन्दै लाजमर्दो स्थिती करीव ४२लाखको लगानिमा निर्माण सम्पन्न पुल बर्खाको एक भेल थाम्न सकेन भने निर्माण क्रममा यहाँ भन्दा चारम लापरवाइ हुन्छ कहाँ ? यो दुर्दषा हो झापाको दक्षिणी क्षेत्र हल्दिवारी गाउपालिका वडा न. १ साबिक गोल्धाप गाबिस वडा न.१ र २ जोड्ने अदुवाखोलामा निर्मित झोलुङ्गे पुलको ।
अन्तराष्ट्रीय सस्था हेल्भेटासको मुख्य लगानिमा ४१ लाख ८८ हजार ४ सय ७० कुल लागतमा गत माघ ११ गते देखी निर्माण सुरु गरिएको उक्त पुल चार महिनामा निर्माण सम्पन्न भएको हो भने असार महिनामा आएको पहिलो भेल ( बाडी ) ले पुलको पिलर भासिनको साथै भत्किएको जानकारी स्थानियले डि सि नेपाल लाई दिएका छन ।
पुल निर्माणको सुरुवाती दिनमा जुन उत्साह स्थानियमा थियो अहिले पुलको दुर्दसा हेर्दा स्थानिय निकै निरास बनेका छन भने पुल निर्माण क्रममा ठुलो आर्थीक चलखेल भएको भन्ने सहजै अनुमान गर्न सकिने बताउदै आएका छन ।
उता निर्माणको जिम्मा लिएका ठेकेदार आफुले जुन इस्टिमेट पाएको हो सोही अनुरुपको पुल निर्माण गरेको दाबी गर्दै आएका छन भने पुल निर्माणमा उक्त पुल निर्माण क्रमका इन्जीनियर लाल झा र टेक्निकल अफिसर निकिता सुनुवारको लापरवाहिको कारण पुलको यो हालत भएको स्थानियको आरोप छ भने स्थानिय जन प्रतीनिधिले नैतिकताको आधारमा जिम्मा लिदै उच्च छानबिन गर्न पर्ने र दोषिलाई उनमुक्ती दिन नहुने बताउदै आएका छन । स्मरण रहोस उक्तपुल ९२% हेल्भेटास र बाकी गाउपालिका तथा स्थानियको लगानिमा निर्माण सम्पन्न भएको हो ।
July 2, 2018 11:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)